मधेश प्रदेशका तीन दलको एकस्वर– ‘अन्य प्रदेशको हावाले मधेशलाई छुँदैन’
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश सरकारमा नेकपा एमालेसँगको सहकार्य जारी रहने बताएका छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले बिचको राजनीतिक समीकरणमा फेरबदल आउने संकेत देखिए पनि मधेस प्रदेश सरकार भने संकटमा नरहेको मुख्यमन्त्री यादवले स्पष्ट पारेका हुन् ।
