SHARE
पर्दाफास · बिहीबार ३२ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।