बागमती प्रदेशका पत्रकारलाई उपचारमा सहुलियत
बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत दिने जानकारी दिए ।
