महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास, लगानी विस्तार र बजार पहुँचका लागि सरकारले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रहरूमा बजार विस्तार गर्ने वातावरण सिर्जना गरिने बताए ।
