SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

बालेनसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटघाट भएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दुईबिच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ​उक्त छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको बताइएको छ ।