जापान आउनेको लगानी उठाउन कम्तीमा साँढे ३ वर्ष लाग्छ : एनआरएनए जापान अध्यक्ष लामिछाने
टोकियो, जापान । सुवास लामिछाने गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष हुन् । उनी गत वर्षको जुलाई महिनामा सन् २०२५ देखि २०२७ सम्म २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । सन् २००७ मा विद्यार्थी भिसामा जापान प्रवेश गरेका लामिछाने यति बेला १७ वटा रेस्टुरेन्टको मालिक, नेपाली चलचित्रका वितरक आदिका रूपमा चिनिन्छन् ।
