SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

रुपन्देही । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका–३ का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।