SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

भोलिदेखि नयाँ आर्थिक वर्ष : कुन सेवा सस्तो, कुन महँगो ?

काठमाडौं । साउन १ गते शुक्रबारदेखि आर्थिक वर्ष २०८३/८४ सुरु हुँदैछ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट तथा राष्ट्र बैंकले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा आउनेछन् ।  सरकारले कतिपय पुराना करलाई हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ ।