सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात जना घाइते
रुपन्देही । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परी सहचालक बुटवल उपमहानगरपालिका-३ निवासी ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
