SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका–३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्का र बूढानीलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–८ घर भएका ४८ वर्षीय पूर्णबहादुर मल्ल पक्राउ परेका हुन् ।