SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिना कुनै पनि सीपमूलक तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन् । उनले श्रम मन्त्रालयबाट सञ्चालन हुने सबै तालिम अनिवार्य रूपमा रोजगारी (प्लेसमेन्ट) सँग जोडिनुपर्ने बताएका छन् ।