महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्ने भएका छन् । केही समयपछि हुने उक्त छलफलमा महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्ने विषयमा विस्तृत संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
