चितवनमा दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि रुख कटान सुरु, निर्माण ८१ प्रतिशत सम्पन्न
काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि चितवन जिल्लातर्फ रुख कटानको काम सुरु भएको छ । राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानका लागि आवश्यक अनुमति प्राप्त भएपछि कटान कार्य अघि बढाइएको हो । आयोजनाले गत वैशाख २६ गते रुख कटानको स्वीकृति प्राप्त गरेको थियो ।
