SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

दाङ । खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यान्वयनले सिँचाइयोग्य जमिनको क्षेत्रफल विस्तार भएसँगै स्थानीय किसानको जीवनस्तरमा सुधार आएको देखिन्छ । हाइड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प्रणालीको विकास गरिएको छ ।