टर्कीमा मानव तस्करी र सशस्त्र आक्रमणको योजना विरुद्धको सुरक्षा कारबाहीमा ६४ जना पक्राउ
एजेन्सी । टर्कीका सुरक्षा निकायहरूले मानव तस्करी विरुद्धको राष्ट्रव्यापी अभियान र इस्तानबुलमा हुन लागेको एक सशस्त्र आक्रमणको योजनालाई असफल तुल्याउँदै ६४ जनालाई पक्राउ गरेका छन् । टर्कीको आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मानव तस्करीमा संलग्न सञ्जाल विरुद्ध देशका २६ प्रान्तहरूमा सञ्चालित समन्वयकारी छापाका क्रममा ५७ जना संदिग्धहरूलाई नियन्त्रणमा लिइएको छ ।
