SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

जिब्राल्टर र स्पेनबीचको सीमा पर्खाल हटाइयो

एजेन्सी । युरोपेली संघ (ईयू) र बेलायतबीच भएको सम्झौता प्रारम्भिक रूपमा कार्यान्वयनमा आएसँगै जिब्राल्टर र स्पेनको सीमा क्षेत्रमा रहेको काँडेतारको बार बुधवार हटाइएको छ । यससँगै सीमा वारपार गर्ने व्यक्ति तथा सवारी साधनका लागि गरिँदै आएको राहदानी र परिचयपत्रको नियमित जाँचको व्यवस्थासमेत अन्त्य भएको छ ।