राष्ट्र बैंकको नयाँ परिपत्र : ऋणीलाई राहत कि बैंकलाई फाइदा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (३१ असार, २०८३) एक एकीकृत परिपत्र जारी गर्दै शेयर धितो कर्जा, विद्युतीय सार्वजनिक यातायात, निर्माण व्यवसायीको ऋण व्यवस्थापन, राष्ट्रिय परिचयपत्रको अनिवार्यता र बैंकहरूको ब्याज आम्दानी गणना गर्ने नियममा व्यापक सुधार गरेको छ ।
