हतुवागढीद्वारा उत्कृष्ट तीनजना किसानलाई सम्मान
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा योगदान पुर्याउने तीन जना उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरेको छ । कृषितर्फ हतुवागढी–७ का मानबहादुर राई र हतुवागढी–१ का नरबहादुर तामाङ र पशुपालनतर्फ हतुवागढी–२ लुङगिनका चक्रबहादुर थापा सम्मानित भएका हुन् । सम्मानित किसानलाई सम्मानपत्रसहित जनही रु १५ हजार नगद प्रदान गरिएको छ ।
