SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ । थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो ।