स्याङ्जामा गोठ भत्किँदा एकको मृत्यु, चौपाया पनि पुरिए
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको घटनास्थलमै मृत्यु भएको वडा नं। ६ का अध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए । घटनामा गोठभित्र रहेका केही चौपाया पनि पुरिएर मरेका छन् ।
