महिला तथा सामाजिक मामिला समितिको बैठक आज, थारू आयोगमाथि छलफल हुने
काठमाडौं । संघीय संसद्अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा बस्ने बैठकमा थारू आयोगको कामकारबाही, उपलब्धि तथा हालसम्मको प्रगतिबारे छलफल हुने कार्यसूची रहेको छ ।
