पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बुटवल जाने सवारी बेलबगरमै रोकिए
बागलुङ । पहिरो खसेपछि कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि जैमिनी नगरपालिका–८ बेलबगरस्थित सडकमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो । पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । बुटवलतर्फ जाने तथा आउने सवारीसाधनहरू बेलबगरमै रोकिएका छन् ।
