SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

बिदा स्वीकृत नगरी अनुपस्थित २३ स्वास्थ्यकर्मीलाई १५ दिनभित्र सफाइ पेस गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि बिना जानकारी कार्यालयमा नआएका २३ जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनलाई १५ दिनभित्र आफ्नो सफाइ पेस गर्न भनेको हो ।