SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय बालकको मृत्यु, अर्का एक घाइते

काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् । बुधबार रोकी राखिएको भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासि ब्याक भई करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।