SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

शेख हसिनाको स्वदेश फिर्तीको तयारी, पारदर्शी सुनुवाइ हुने सरकारको दाबी

काठमाडौं। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने भएकी छन् । उनको सम्भावित फिर्तीसँगै कानुनी प्रक्रिया पारदर्शी रूपमा अघि बढाइने बंगलादेश सरकारले जनाएको छ । प्रधानमन्त्रीका सूचना तथा रणनीति सल्लाहकार जाहिद उर रहमानले मंगलबार आयोजित पत्रकार सम्मेलनमा हसिनाले आफूले रोजेको कानुनी प्रतिनिधि नियुक्त गर्न पाउने र अदालतको सुनुवाइ निष्पक्ष तथा पारदर्शी ढंगले सञ्चालन हुने बताए ।