नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध भएका छन् । संघको शनिबार सम्पन्न २४औं साधारणसभाले मैनालीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सहकोषाध्यक्षमा रमेश प्रजापती निर्वाचित भएका छन् ।