घर निर्माण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने लगायतका आवश्यक सम्पूर्ण सेवाहरु एउटै छत मुनि समेटेर जानकारी दिने उदेश्यका साथ पोखरामा आयोजना गरिएको राष्ट्रिय घर निर्माण फेस्ट २०८२ सम्पन्न भएको छ । स्किल सेवाको आयोजनामा पोखरा महानगरपालिका १० स्थित अमरसिंह चौरमा संचालन गरिएको दुई दिने फेष्टको पोखराका मेयर धनराज आर्चायले उद्घाटन गरेका थिए ।