SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

मनसुनी प्रभाव कायम : देशका विभिन्न स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक तथा पूर्वी क्षेत्रमा औसत स्थान आसपास रहेको छ । यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।