SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०९:११ PM · 1 मिनेट पढाइ

रोमाञ्चक खेलमा अर्जेन्टिना फाइनलमा, ६० वर्षपछि फाइनलमा पुग्ने इंग्ल्यान्डको सपना चकनाचुर

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिना इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएकोमा दोस्रो हाफको ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दबाबमा आएको अर्जेन्टिनाले ८५औँ मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो ।