SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

‘थ्री डी’ र ‘थ्री सी’ को अवधारणामा जोड दिन अर्थमन्त्री वाग्लेको सुझाव

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । बुधवार काठमाडौँमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।