चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
काठमाडौं । चीनको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा तीन वर्षयताकै सबैभन्दा सुस्त गतिमा विस्तार भएको छ । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विश्वव्यापी मागका कारण निर्यात बलियो रहे पनि मध्यपूर्वको युद्धबाट उत्पन्न व्यापारिक अवरोध, कमजोर घरेलु माग र सम्पत्ति क्षेत्रको लामो सङ्कटले आर्थिक वृद्धिमा दबाब परेको सरकारी तथ्याङ्कले देखाएको छ ।
