SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

शेयर बजारमा नेपालीको आकर्षण : ५ वर्षमै ४ गुणाले बढे डिम्याट खातावाला

काठमाडौं । नेपालको शेयर बजार पछिल्लो पाँच वर्षमा रैथाने लगानीकर्ताको दायराबाट बाहिर निस्केर आम सर्वसाधारणको पहुँचमा तीव्र गतिले विस्तार भएको छ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको ‘नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३’ अनुसार, प्रविधिको विकास र सचेतनाका कारण नेपालको सेयर बजारमा आम नागरिकको सहभागिता उत्साहजनक रूपमा बढेको छ ।