सम्पत्ति छानबिन आयोगको काममा अल्पविराम, सर्वाेच्च अदालतबाट अन्तरिम आदेश
काठमाण्डु – सम्पत्ति छानबिन आयोगले अदालतको आदेशको अवहेलना गर्दै सम्पत्ति विवरण मागेको विषयमा परेको अवहेलना मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यससँगै आयोगको काम–कारवाहीमा अल्पविराम लागेको छ । अदालतको अन्तरिम आदेशको अपव्याख्या गर्दै आयोगले न्यायाधीश र सेनाबाहेकको सम्पत्ति छानबिन जारी रहने सार्वजनिक सूचना जारी गरेपछि अवहेलना मुद्दा दर्ता भएको थियो ।
