SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

२ साताभित्र काठमाडौं उपत्यकामा रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका खम्बामा गुजुल्टिएका र सडकपेटीमा लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।