मन्त्री बर्खास्तीमा परेपछि सुदूरपश्चिममा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो एमाले
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । धनगढीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।
