२२ वर्ष कैद सजाय पाएका जेनजी आन्दोलनमा फरार कैदी पक्राउ
काठमाडौं । लागुऔषध मुद्दामा २२ वर्ष सजाय तोकिएका फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नं ३ खुन्ताखानका ४२ वर्षीय दर्जबहादुर तामाङ रहेका छन् । तामाङ गत वर्षको भदौ २४ को जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराबाट फरार रहेका थिए ।
