SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

‘मानसिक स्वास्थ्य परिषद्’ गठन गर्न सांसद खनालको माग

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले मुलुकमा बढ्दो आत्मदाह र मानसिक स्वास्थ्य समस्या समाधानका लागि अविलम्ब ‘मानसिक स्वास्थ्य परिषद्’ गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद खनालले पछिल्लो समय घटिरहेका आत्मदाहका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै राज्यको ध्यानाकर्षण गराएका हुन् ।