कांग्रेस–एमालेबिच खटपट, प्रदेश सरकारमा नयाँ समीकरणको चर्चा
काठमाडौं । नेपाली कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णाली प्रदेशमा पनि नयाँ समीकरणको चर्चा सुरु भएको छ । आजै प्रदेशमा रहेका कांग्रेसतर्फका ४ मन्त्रीहरु आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिएका छन् ।
