संसद्ले पनि आफ्नै कार्यसम्पादनको समीक्षा गर्नुपर्छ : विपिनकुमार आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले प्रतिनिधिसभाले आफ्नै कार्यसम्पादनको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारका लागि १०० दिन पुगेपछि कार्यसम्पादन मूल्यांकन गर्ने अभ्यास भए पनि संसद्को प्रभावकारिताबारे भने त्यस्तो समीक्षा हुने परम्परा नदेखिएको टिप्पणी गरे।
