SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

काठमाण्डु– इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का दमकबाट ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका हुन् । खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी