SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

सांसदहरूले सेबोनलाई भने- ‘पुँजी बजार सुधारको स्पष्ट कार्ययोजना चाहियो’

काठमाडौँ । सांसदहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग पुँजी बजारको दीर्घकालीन रणनीति, बजार सुधार, विदेशी लगानी आकर्षण, कर्पोरेट गभर्नेन्स र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नेबारे स्पष्ट कार्ययोजना माग गरेका छन् । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा उनीहरूले सेबोनसँग स्पष्ट खाका माग गरेका हुन् ।