SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ ।