SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

पर्यटन बढाउन निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम गरिरहेको भन्दै होटल व्यवसायीलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्र सरकारको प्रमुख साझेदार भएकाले राज्यसँग सहकार्य गर्दै अघि बढ्न व्यवसायीलाई आग्रह गरेका हुन् ।