हानका पदाधिकारीसँग प्रधानमन्त्री बालेनले भने– ‘अब चिन्ता लिने दिन गए’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेको दाबी गर्दै होटल व्यवसायीहरूलाई चिन्ता नलिन आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा होटल संघ (हान) का पदाधिकारीहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेनले सो कुरा बताएका हुन् ।
