प्रधानमन्त्रीलाई सांसद गुरूङले भनिन्- सरप्राइज दिन राज्य सञ्चालन कुनै बर्थडे पार्टी होइन
नेपाली कांग्रेसकी सांसद गीता गुरूङले प्रधानमन्त्री संसदमा बेला बेला सरप्राइज दिने शैलीमा आउन संसद बैठक बर्थडे पार्टी नरहेको बताएकी छन्। उनका अनुसार लोकतान्त्रिक व्यवस्था र कानुनको शासनप्रति प्रधानमन्त्रीको प्रतिबद्धतामाथि प्रश्न उठ्ने विषय हो। ‘हाम्रो प्रधानमन्त्री ज्यू बेलाबेला सरप्राइज दिने शैलीमा आउनुहुन्छ। राज्य सञ्चालन कुनै बर्थडे पार्टीजस्तो होइन सरप्राइज दिन।
