निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
धनुषा । जनकपुरधामस्थित ऐतिहासिक विवाह मण्डप र जानकी मन्दिर परिसरमा रहेको सङ्ग्रहालय (म्युजियम) मङ्गलबारदेखि बन्द गरिएको छ । मधेस प्रदेशका गृहमन्त्री फकीरा महतोले धनुषा जिल्ला प्रशासनसँग परामर्श नगरी दुवै स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गर्न निर्देशन दिएको भन्दै विरोध स्वरूप विवाह मण्डप तथा सङ्ग्रहालय बन्द गरिएको प्रशासन ले जानकारी दिएको छ ।
