सरकार ‘स्टन्ट’ र ‘फन्डा’मार्फत जनसरोकारका विषयबाट भाग्न खोज्दैछ: गीता गुरुङ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका गम्भीर विषयलाई ‘स्टन्ट’ र ‘फन्डा’मार्फत विषयान्तर गर्न खोजेको आरोप लगाएकी छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने भन्दै सभामुखमार्फत रुलिङको माग गरिन् ।
