कविता : आडम्बरी समाज फेर्ने मसिहा को बन्दछ ?
–कोइराला भेषराज यहाँ जल्नेहरू जलिरहन्छ, चल्नेहरूको शासन चलिरहन्छ,जल्नेहरूको आत्मा मरिरहन्छ, स्वार्थको आगो ताप्नेहरू बढिरहन्छ । कोही राजनीतिको रोटी सेक्छ, कोही मानवताको बाटो छेक्छ,कोही घाउमा मलम बन्दछ, कोही घाउमा जलन बन्दछ । यहाँ, स्वार्थको रोटी सेक्नेले (जल्नेको) पीडाकै व्यापार चलाउँछ,खाटा बसेको घाउलाई कोट्याइकोट्याइ क्यान्सर नै तुल्याउँछ ।
