गोलभेँडा फ्याँकेर किसानहरूले गरे प्रदर्शन (तस्बिरहरू)
काठमाण्डु – किसानहरुले गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् । काठमाण्डुको माइतीघर मण्डलामा किसानहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै गोलभेँडा फाल्दै प्रदर्शन गरेका हुन् । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गोलभेँडाको थोक मूल्य न्यून विन्दुमा झरेपछि किसानहरू स्वतःस्फूर्त रूपमा सडक आन्दोलनमा उत्रिएका हुन् ।
