SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

उपसभामुख नेतृत्वको टोली चीनतर्फ

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची सहरमा हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागिता हुन आज त्यसतर्फ प्रस्थान गरेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन १ गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ ।